२०८३ जेठ ३० , शनिबार

भोलि र पर्सि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह



सुर्खेत : देशका धेरैजसो स्थानमा भोलि र पर्सि ठूलो पानी पर्ने सम्भावना रहेको छ । महाशाखाले कर्णाली,सुदूरपश्चिम,कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश प्रदेशको तराई भू–भागको एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित ठ्लो देखि मध्यमसम्मको पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।

हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको छ । आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन भित्रिने सम्भावना छ । आज दिउँसो गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ ।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्