सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन खेलाडी छनोट प्रतियोगिता सुर्खेतमा सम्पन्न भएको छ। असोज २६ देखि २८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच खेलाडी छनोट गरिएका छन्।
कर्णाली खेलकुद विकास परिषद्को आयोजनामा सुर्खेतस्थित ब्याडमिन्टन सघ सुर्खेतकाे कबर्ड हलमा भएको प्रतियोगितामा प्रदेशका १० जिल्लाबाट ३८ पुरुष र २४ महिला गरी ६२ खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा सिंगल सिंगल प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिताको पुरुषतर्फ जीपप्रसाद लामिछाने प्रथम, अनिल मल्ल दोस्रो र इन्केस सिंह तेस्रो भएका छन्। छनोट हुने अन्य खेलाडीमा पूर्णसिंह ठकुरी, सन्देश गहतराज, विपिन केसी र नरेन्द्रकुमार बम रहेका छन्।
त्यसैगरी महिलातर्फ निशा सिंह प्रथम, स्वागता थापा दोस्रो र नृभिता शाही तेस्रो भएका छन्। छनोट हुने अन्य खेलाडीमा शिल्पा शाही र अग्रिमा भण्डारी रहेका छन्।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको छ। छनोट प्रतियोगितामा खेलाडीको अकका आधारमा छनाेट भएका सबैलाई पदकसहित प्रमाणपत्र प्रदान गरीएको र उनीहरु सबै सुर्खेत जिल्लाका रहेकाे सचिव थापाले सुचनामार्गलाई बताए।
छनोट भएका खेलाडीलाई आगामी कात्तिक १० गतेदेखि बन्द प्रशिक्षणमा राख्ने तयारी गरिएको छ। बन्द प्रशिक्षणपछि खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्