२०८३ असोज २४ , शनिबार

जाजरकोटमा बोलेरो दुर्घटना, ३ जना घाइते




सुर्खेतको वीरेन्द्रनगरबाट जाजरकोटको जुनिचाँदे गाउँपालिका जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको छ। कर्णाली प्रदेश ०२–००१ च ०५४० नम्बरको बोलेरो गाडी लेकवेशी नगरपालिका-४ स्थित कागते खोला पुलमा अनियन्त्रित भई दुर्घटना भएको हो। उक्त गाडीमा चालकसहित ११ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनामा घाइते भएका ३ जनालाई उपचारका लागि नगर अस्पताल लगिएको छ। अन्य यात्रुको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
अरु पनि पढ्नुहोस्