२०८३ जेठ ३० , शनिबार

वीरेन्द्रनगरमा कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न



सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सरोकारवालाहरूबीच कानुनी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको न्यायिक समितिको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुर्खेत जिल्ला अदालतका न्यायधिस वसन्तराज जोशीले न्यायिक समितिको काम कर्तव्य अधिकार, मेलमिलाप, कानुन र त्यसको अभ्यास लगायतका विषयमा सहजीकरण गर्दै सहभागीहरुलाई स्पष्ट पारेका थिए । यस्तै कर्णाली प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कृष्ण बहादुर हमालले स्थानीय सरकारको कानुन निर्माण प्रक्रिया सदस्यहरुको अधिकार तथा सहभागिता लगायतका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले स्थानीय स्तरमै विवाद समाधानलाई प्रभावकारी बनाउन र सर्वसाधारणको न्यायमा पहुँच अभिबृद्धिका लािग यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कानुनी सहजकर्ता र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उपस्थित सहभागीहरूले स्थानीय तहमा न्याय सम्पादन, मेलमिलाप प्रक्रिया र कानुनी सचेतनाका चुनौती तथा अवसरहरूका बारेमा छलफल गरेका थिए । कार्यक्रम नगर उप–प्रमुख एवं न्यायिक समितिका संयोजक निलकण्ठ खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार
अरु पनि पढ्नुहोस्