
काठमाडौँ : देशका विभिन्न ठाउँमा आज पनि मौसम बदली रहने तथा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली प्रदेशसहित बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ।
त्यस्तै मधेस र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि मेघगर्जन तथा चट्याङसहित पानी पर्न सक्ने अनुमान गरिएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा तातो दिन रहने सम्भावना छ। गएराति सुर्खेतकाे वीरेन्द्रनगर उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको थियो। पानी परेपछि मौसम केही शीतल बनेको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ। यसका कारण पर्सि शुक्रबार र शनिबार देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। महाशाखाले विशेषगरी कर्णालीसहित पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई मौसमको अद्यावधिक जानकारीमा ध्यान दिन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्