२०८३ जेठ २२ , शुक्रबार

वर्तमान सरकारले मिडियामाथि अंकुश लगाउने प्रयास जारी राखेको छ- अध्यक्ष शर्मा




सुर्खेत ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार मिडियामाथि वर्तमान सरकारले अंकुश लगाउने प्रयास जारी राखेको बताएकी छन । वीरेन्द्रनगरमा शनिबारदेखि जारी कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण अन्तर्गत आइतबार आयोजित ‘आवाज बिहिनहरुका आवाज’ सत्रमा बोल्दै शर्माले वर्तमान सरकार मिडियामा अंकुश लगाउन र नागरिकको आवाज दवाउनमा केन्द्रित रहेको बताएकी हुन ।

जसको उदाहरण सरकारले सरकारी विज्ञापन निजी संचार माध्ययमलाई नदिने गरी गरेको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध रहेको शर्माले बताइन । सरकारका पछिल्ला गतिविधिको महासंघले विरोध गरिरहेको बताउँदै शर्माले नागरिकका आवाज दवाउने यात्राले लोकतन्त्र सुढृड हुन नसक्ने दावी गरिन । उनले भनिन्, ‘कतिपय अवस्थामा कानुन संशोधन गर्नेक्रममा राज्यले पत्रकारलाई दमन गर्ने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खालका गतिविधिहरु अघिल्ला सरकारसँगै अहिलेको सरकारले पनि गरिरहेको छ । त्यसको विरोधमा अहिले पनि हामी आन्दोलनमै छौं ।’ नागरिकको आवाज दवाउने कदम महासंघका लागि कुनै पनि हालतमा मान्य नहुने पनि उनले बताइन ।

प्रकाशित मिति : २०८३ जेठ १७ गते आइतबार
अरु पनि पढ्नुहोस्