सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिरपट प्रहारगरी एक जनाकाे हत्या भएकाे छ । प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे स्थानीय ४० वर्षीय टेकबहादुर विकले ६२ वर्षीय मानबहादुर राजीलाई स्थानीय अजय परियारको घरआँगनमा दाउराले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए।
घाइते राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि दिउँसो २ बजे कोहलपुर मेडिकल कलेज पुर्याइएकोमा २ बजेर १२ मिनेटमा चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ। मृतकको शव पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल, सुर्खेतको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपमा टेकबहादुर विकलाई नियन्त्रणमा लिएकाे छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले घटनाबारे थप अनुसन्धान भइरहेको जनाए।

प्रतिक्रिया दिनुहोस्