काठमाण्डाैँ । आउँदो मंगलबारदेखि देशका केही भागमा पानी पर्न सक्ने सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार १० गते मंगलबारदेखि वर्षा हुन सक्ने भए पनि कुन ठाउँमा कति र कहिलेसम्म वर्षा हुन सक्छ भन्ने अहिलेसम्म यकिन भईसकेको छैन । पानी पर्ने संभावना भए पनि त्रसित हुनपर्ने अवस्था नरहेकाे महाशाखाले जनाएकाे छ । महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा अहिले वर्षाबारे त्रसित हुने गरी हल्ला फैलिएका तर केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरेका छन । पानी पर्न सक्ने क्षेत्रका किसानलाई विशेष गरी मुख्यबाली धान भित्र्याउन त्यसैअनुसार पूर्व तयारी र सावधानी अपनाउन सूचित गरिने भएको छ ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । देशका अन्य हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने र तराईमा भने आजको मौसम सफा रहने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्