२०८३ जेठ १२ , मंगलबार

सुदूरपश्चिम बाहेक अरू ठाउँमा आज दिउसो पानी पर्ने मौसम पूर्वानुमान



काठमाण्डौ : सुदूरपश्चिम बाहेक अरू ठाउँमा आज दिउसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली, लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही ठाउँहरूमा, मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित मध्यम पानी तथा हिँउ पर्ने सम्भावना रहेको छ ।

पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ । दिपायल, धनगढी, नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानीपरि रहँदा कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ्ने र पूर्वमा केही दिन पानी जारी रहने सम्भावना छ ।

प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार
अरु पनि पढ्नुहोस्