२०८३ जेठ २३ , शनिबार

पानी पर्न केही कम भएपछि देशैभर गर्मी बढ्यो



काठमाण्डौ : पानी पर्न कम भएसँगै देशैभर गर्मी बढेको छ । केही ठाउँमा हल्कादेखि मध्यम पानी परेपनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो । अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ भने भने धेरै ठाउँमा गर्मी हुनेछ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा मध्यमसम्म पानी र हिउँपर्नेै सम्भावना छ । यस्तै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी र हिउँपर्नेै सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।

भोलि पनि केही ठाउँमा पानी सँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ४ गते सोमबार
अरु पनि पढ्नुहोस्