२०८३ जेठ २३ , शनिबार

प्रधानमन्त्रीले संसदको गरिमा र संसदीय परम्परालाई बेवास्ता गरेको अध्यक्ष राईको आरोप



काठमान्डौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको संसदप्रतिको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन्। ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राईले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेनले संसदको गरिमा र संसदीय परम्परालाई बेवास्ता गरेको आरोप लगाएका हुन्। ।
विज्ञप्तिमा प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथिको छलफलका क्रममा संसदमा उपस्थित नहुने, सांसदहरूले उपस्थितिको माग गर्दा समेत अनुपस्थित रहने तथा उठेका प्रश्नहरूको जवाफ दिन नआएको उल्लेख गरिएको छ। राईले यसलाई संसदप्रति अपमानजनक व्यवहार भएको बताएका छन्। ।
उनले प्रधानमन्त्री संसदमा अनुपस्थित रहनुले जनताको लोकतन्त्रप्रतिको विश्वास कमजोर बन्ने दाबी गर्देै जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले नैतिकताको आधार राजीनामा माग गरेका छन् ।
राईले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको आरोप समेत लगाएका छन्। । संसदको औचित्य र शक्तिलाई कमजोर पार्ने गतिविधि लोकतान्त्रिक मूल्यविपरीत भएको उनको भनाइ छ ।
विज्ञप्तिमा वर्तमान सरकारले सीमा सुरक्षा, सुशासन र जनजीविकाका सवालमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ । सरकार न्यूनतम जिम्मेवारी पूरा गर्न समेत असफल भएको भन्दै उनले जनतामा निराशा बढेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार
अरु पनि पढ्नुहोस्