
काठमाण्डौ : राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले २८ गते सोमबार दिउँसो २ बजे बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेकोे राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिए । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गरेका हुन् ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा गएको वैशाख १७ गतेका लागि आह्वान भएको सङ्घीय संसद्को दुवै सदनको अधिवेशन राष्ट्रपति पौडेलले स्थगित गरेका थिए। सरकारले वैशाख ९ मा राष्ट्रपति पौडेलसमक्ष वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको थियो ।
आह्वान भइसकेको अधिवेशन रोकेर सरकारले विभिन्न अध्यादेश ल्याएको छ । विभिन्न ८ वटा अध्यादेश जारी भइसकेपछि संसद् बैठक आह्वान भएको हो ।

प्रतिक्रिया दिनुहोस्