
काठमाण्डौ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास भएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास रहेको उल्लेख गरे । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत सङक्रमणबाट मुक्त गर्न प्रयास थालिएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री शाहका अनुसार अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णतः निषेध गरिएको छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा सङ्गठन बनाउन नसकेर नभएको तर्कसहित चाहेमा आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी सङ्गठन बनाउन सक्ने पनि दाबी गरे ।
अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता बन्नुपर्नेमा उनको जोड रहेको छ । नागरिकको चाहनाअनुसार अध्यादेशमार्फत विकृति हटाउने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसमा सबैको साथ रहने विश्वास समेत व्यक्त गरे ।
परिवर्तन निर्णय र त्यसको कार्यान्वयनबाट आउने भएकाले ढुक्क हुन र सरकारले नागरिककै हितमा काम गर्ने उनको प्रतिबद्धता छ ।
प्रतिक्रिया दिनुहोस्