२०८३ जेठ २२ , शुक्रबार

बहुमत प्राप्त सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण : बार अध्यक्ष मिश्र



काठमाण्डौ  : नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले संसदको विश्वास लिनुको सट्टा अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाण्डौमा आज बिहान भएको प्रदर्शनका क्रममा उनले सरकारको कार्यशैलीप्रति टिप्पणी गरे । डा। मिश्रले मेरिटोक्रेसीबाट आएका पदाधिकारीलाई अध्यादेशका नाममा रातारात पदमुक्त गरेर उपलब्धि मान्नु लोकतान्त्रिक पद्धति विपरीत हुने बताए । त्यस्तै सुकुम्वासी समस्यामा मानवीय संवेदनशीलताको ख्याल नगरी मानिसलाई विस्थापित गरिनु संविधान प्रदत्त आवासको हकविपरीत भएको उनको भनाइ छ । अध्यक्ष मिश्रले राष्ट्रिय मानवअधिकार आयोगलाई गएको भदौ २३ र २४ गतेका घटनाको प्रतिवेदन निष्पक्ष रूपमा सार्वजनिक गर्न समेत आग्रह गरे ।

प्रेस स्वतन्त्रता अझै पनि विश्वव्यापी रूपमा जोखिममा रहेको र यसको संरक्षणका लागि वर्तमान पुस्ताले निरन्तर सङ्घर्ष गर्नुपर्नेमा उनको जोड रहेको छ । ।

प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार
अरु पनि पढ्नुहोस्