२०८३ वैशाख ५ , शनिबार

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवारको घरगोठ जल्यो



प्युठान: प्युठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी भएको छ । स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट शुरू भएको आगो बस्तीमा फैलिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

गएराति पौने १२ बजे शुरू भएको आगो नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रहरीको टोली र स्थानीयबासिन्दाको सहयोगमा बिहान ७ बजे मात्रै निभाइएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार आगलागीबाट बस्तीका १३ घरपरिवारका घरगोठ जलेका छन् ।

आगलागीबाट झन्डै एक करोड रुपैयाँ बराबरको क्षतिको प्रारम्भिक अनुमान छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार
अरु पनि पढ्नुहोस्