२०८३ वैशाख ५ , शनिबार

एमाले संसदीय दलको नेतामा उपाध्यक्ष थापा चयन



काठमाण्डाै । नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्। बुधबार पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको हाे। बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भए पनि अन्तिममा फिर्ता भएका छन ।

एमालेले प्रत्यक्षमा ९ र समानुपातिकबाट १६ सीट जितेको छ ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार
अरु पनि पढ्नुहोस्