२०८३ वैशाख ५ , शनिबार

पानी दिवसका अवसरमा सिम्तामा सचेतनामूलक कार्यक्रम सम्पन्न




सुर्खेत ।
३४ औं विश्व पानी दिवस २०२६ का अवसरमा सुर्खेतको सिम्ता गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
सिम्ता गांउपालिकाको वडा नं. ६ स्थित जामुने बजारमा सुशासन प्रवद्र्धनका लागि युवा संस्था र सुन्दर नेपाल संस्था सुर्खेतको आयोजना तथा खानेपानी शाखा सिम्ता गांउपालिकाको समन्वयमा आइतबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
‘पानी र लैंगिक समानता’ भन्ने मूल नाराका साथ सचेतनामूलक ¥याली निकालिएको थियो । पानी बचाऔं, भविष्य जोगाऔं, पानी जीवन हो, यसको संरक्षण गरौँ, स्वच्छ पानी, स्वस्थ्य जीन्दगानी, जलश्रोत संरक्षण, हाम्रो दायित्व,सबैका लागि पानी, सुरक्षित पानी, पानीमा समान पहुंच, सबैको अधिकार, महिला पुरुषको सहभागिता, पानी संरक्षणमा प्रतिवद्धता, पानी र समानता, दिगो विकासको आधार हो भन्ने सन्देशका साथ ¥याली तथा विचार आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा खानेपानी उपभोक्ता समिति, नागरिक समाज, उधोग वाणिज्य संघ, सिम्ता, टोल विकास संस्था प्रतिनिधि, व्यवसायी र समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

उपस्थित भेलाले यस बर्षको नारा सहितको ब्यानर, सन्देशमुलक नारा, प्ले कार्ड सहित बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो । कोणसभामा विश्व पानी दिवसको उदेश्य वर्तमान आवश्यकता तथा यसको महत्व माथी प्रकाश पार्दै कार्यक्रलाई विधिवत रुपमा समापन गरिएको सुशासन प्रवद्र्धनका लागि युवाका कार्यक्रम व्यवस्थापक खगेन्द्र सिजापतीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार
अरु पनि पढ्नुहोस्