काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फका सांसदको नाम टुंग्याएको छ ।
भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा शनिबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको हो ।
फागुन २१ गते भएको निर्वाचनमा एमालेले १६ सिट प्राप्त गरेको थियो ।
प्रत्यक्षतर्फ नौ सिट जितेको एमालेले सामानुपातिकतर्फ १४ लाख ५५ हजार मत प्राप्त गरेको थियो। सोही मतका आधारमा एमालेको भागमा १६ जना समानुपातिक सांसद परेका थिए। निर्वाचन अघि निर्वाचन आयोगमा दलले बुझाएको बन्द सूची मध्यबाट समावेशिताका आधारमा प्राप्त गरेको सिटका लागि विधिभित्र रहेर दलले नाम छनौट गर्नुपर्दछ ।
यी हुन् एमालेले पठाएका समानुपातिक सांसदहरू
महिला
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य महिला
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल ९पिछडिएको क्षेत्र०
पुरुष
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु १ जना
कृपाराम राणा ९पुरुष०
दलित २ जना
महिला
विष्णुमाया वी।के।
नीता घटानी
मधेसी ३ जना
महिला
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष
चन्द्रेश्वर मण्डल ९पुरुष०
मुस्लिम महिला
साजिदा सिद्दीकी
प्रतिक्रिया दिनुहोस्