२०८३ वैशाख ५ , शनिबार

गुडिरहेको बसमा ढुंगा खस्दा एक जना घाइते



काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसको क्याबिनमा ढुंगा खसेको छ। चितवनस्थित तुइन खोलाको सडक खण्डमा पहिरो जाँदा बसमाथि ढुंगा खसेको हो।

बागमती प्रदेश ०३–००१ ख–४८७१ नम्बरको उक्त बसमा ४३ जना यात्रु सवार रहेका थिए। ढुंगा बसको क्याबिनतर्फ खस्दा एक यात्रु घाइते भएका छन्।

घटनापछि चालकले आकस्मिक ब्रेक लगाएर बसलाई नियन्त्रणमा लिन सफल भएका थिए। ब्रेकका कारण बसभित्र रहेका केही यात्रु सामान्य घाइते भएको बताइएको छ।

बसमा जडान गरिएको सीसीटीभी क्यामरामा उक्त घटनाको दृश्य रेकर्ड भएको छ। साथै बसमा जीपीएस प्रणाली समेत जडान भएकाले घटनाबारे तत्काल जानकारी प्राप्त भएको जनाइएको छ।

उक्त क्षेत्रमा गत वर्षायामदेखि निरन्तर पहिरो जाँदा सडक अवरुद्ध हुने समस्या देखिँदै आएको छ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार
अरु पनि पढ्नुहोस्