२०८३ वैशाख ७ , सोमबार

बुधबार यी स्थानमा पानी र हिउँ पर्ने संभावना




काठ्माण्डाैं । बुधबार देशको कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

बुधबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का  पानी र हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार
अरु पनि पढ्नुहोस्