२०८३ साउन ६ , बुधबार

पहिरोमा पुरिएर जाजरकोटमा एककाे मृत्यु, दुईजनाको उद्धार



काठमाडौं : जाजरकोटमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका–२, राङ्सी निवासी करिब ६० वर्षीया जयशीला शाहको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अस्थायी टहरामाथिबाट खसेको पहिरोले टहरा पुरिँदा शाहको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलबाट शाहकी ४० वर्षीया छोरी मेनुका थापा र ७ वर्षीया नातिनी टिका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार
अरु पनि पढ्नुहोस्