
काठमाण्डौ : चितवनको जिल्ला प्रशासन कार्यालयले भरतपुरमा रहेको लर्ड्स प्लाजा होटललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको कारण जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङले जानकारी दिए । उनका अनुसार होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका खाद्यवस्तु बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि भरतपुर पुगेका गृहमन्त्री सुधन गुरुङ त्यही होटलमा बसेका थिए । होटलमा खाजा खाने क्रममा उनले मगाएको अम्लेटमा माछाको हड्डी भेटिएपछि प्रशासनलाई जानकारी गराएका थिए ।
प्रकाशित मिति : २०८३ असार १० गते बुधबार
प्रतिक्रिया दिनुहोस्