२०८३ जेठ २२ , शुक्रबार

आज पनि पानी पर्ने : तराई र पहाडी थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना



काठमाण्डौ : आज पनि कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँ तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अस्ति बेलुकादेखि शुरु भएको पानी पर्नेक्रम आज र भोलि पनि रहने र भोलि बेलुकादेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव छ । आज देशभर साधारणतया बादल लाग्नेछ । लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई र पहाडी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँ तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २०८३ जेठ १६ गते शनिबार
अरु पनि पढ्नुहोस्