२०८३ जेठ १२ , मंगलबार

जाँडरक्सी खाएर गाडी चलाउँदा वैशाखमा देशभर १२४ दुर्घटना



सुर्खेत :  वैशाख महिनामा जाँडरक्सी खाएर गाडी चलाउँदा देशभर १ सय २४ दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यू भएको छ भने १ सय ७४ जना घाईते भएका छन् ।
कर्णाली प्रदेशमा ३ वटा दुर्घटनामा ३ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि ३ वटा दुर्घटनामा ४ जना घाइते भएका प्रहरीले जनाएको छ ।
कोशी प्रदेशमा २ जनाको मृत्यू भएको छ भने मधेशमा २० वटा गाडी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा १ जनाको मृत्यू हुँदा १९ जना घाइते भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ५ दुर्घटनामा ४ जनाको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा ९ वटा दुर्घटनामा ३ जनाको मृत्यू भएको छ भने १५ जना घाइते भएका छन् ।

जाँडरक्सी खाएर गाडी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८३ जेठ ११ गते सोमबार
अरु पनि पढ्नुहोस्