२०८३ जेठ १२ , मंगलबार

यस वर्ष कम पानी पर्ने सम्भावना रहेपनि बाढीको जोखिम कायम



काठमाडौ : जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानीपर्ने अनुमान गरे पनि बाढी र पहिरोको जोखिम कायमै रहेको जनाएको छ।

विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार लामो समय खडेरीपछि एक्कासि ठूलो पानीपर्न सक्ने भएकाले विपद्को जोखिम रहनेछ। यस वर्ष सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण पनि गरिएको छ।

विभागले कर्णाली, लुम्बिनी, मधेस र कोसी प्रदेशका केही भूभागमा कम पानीपर्ने सम्भावना रहेको जनाएको छ। साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसीका केही क्षेत्रमा अधिकतम तापक्रम बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार
अरु पनि पढ्नुहोस्