२०८३ जेठ २३ , शनिबार

बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’



काठमाण्डौ : सरकारले वैसाख २८ देखि देशभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । बजारमा भएको अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो ।

आमनागरिकको दैनिक जीवनसँग जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बताइन। यो विशेष अभियान २८ गते देखि शुरू भइ जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । हरेक पालिकाले क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आह्वान गर्ने र नियमित अनुगमन गर्नेछन् ।

प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार
अरु पनि पढ्नुहोस्