२०८३ जेठ २३ , शनिबार

राष्ट्रपति पौडेलले जारी गरे फिर्ता भएको ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश’



काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। आइतबार राष्ट्रपति पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएपछि सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पुन: राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको थियो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा राष्‍ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको उल्लेख छ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार
अरु पनि पढ्नुहोस्