२०८३ जेठ १२ , मंगलबार

विश्व प्रेस स्वतन्त्रता दिवस : प्रेसमाथि सरकारी दमन बढेको भन्दै पत्रकार महासंघद्वारा प्रदर्शन



काठमाण्डौ :  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आज काठमाण्डौको माइतीघर मण्डलामा ऐक्यबद्धता र्‍याली तथा विरोध प्रदर्शन गरेको छ ।

सञ्चार क्षेत्रमाथि भइरहेका विभिन्न प्रकारका दमन र हस्तक्षेपको विरोध गर्दै महासंघले आफ्नो आन्दोलनको स्वरूपअनुसार कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटना बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन।

महासंघको अनुगमन प्रतिवेदनअनुसार गएको वर्ष ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना भएकामा यस वर्ष बढेर एक सय ३१ वटा पुगेको छ । अध्यक्ष निर्मला शर्माले विशेष गरी सरकारी विज्ञापन र सूचना केवल सरकारी सञ्चार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको सचिवस्तरीय परिपत्रले निजी सञ्चार माध्यममाथि आर्थिक नाकाबन्दी लगाएको महासंघको ठहर रहेको बताइन्।

त्यस्तै, समाचार लेखेकै आधारमा पत्रकारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा लगाउने र प्रहरीले समाचारको स्रोत खुलाउन दबाब दिने कार्य भइरहेकोमा पनि महासंघले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार
अरु पनि पढ्नुहोस्