२०८३ जेठ १२ , मंगलबार

कर्णालीका १० उत्कृट युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिदैं



सुर्खेत : कर्णाली प्रदेश जन्मिएर देशका विभिन्न क्षेत्रमा योगदान र्पुयाएका १० जना युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिने भएको छ । कर्णाली युवा महोत्सवको दोस्रो संस्करण अन्तर्गत उनीहरूलाई सम्मान गर्न लागिएको हो ।
कर्णाली युवा महोत्सवको दोस्रो संस्करण यहि वैशाख १९ र २० गते वीरेन्द्रनगरस्थित सिटी हलको प्राङ्गणमा सञ्चालन हुने आज पत्रकार सम्मलेन गरी आयोजकले जानकारी दिएको हो । कर्णालीका युवाको प्रतिभाको सम्मान गर्दै उनीहरूलाई उचित स्थान दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक विनोद कुमार शाहीले जानकारी दिए ।
संयोजक शाहीका अनुसार कर्णाली प्रदेशका सबै जिल्ला तथा स्थानीय तहबाट युवाहरूको सहभागिता सुनिश्चित गरिएको छ । महोत्सवमा वक्तृत्वकला प्रतियोगिता, युथ प्लेटफर्ममार्फत अन्तरक्रिया, पुस्तक वार्ता, देउडा खेल, सांगीतिक तथा साहित्यिक प्रस्तुति रहनेछन्। ।
यसैगरी कर्णालीको समृद्धिका लागि राज्यको दायित्व, जनप्रतिनिधि र युवाका सवाल, मिडियामा कर्णालीको स्थान, सामाजिक अभियान, समाज रूपान्तरण, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायत विषयमा छलफल गरिने जनाइएको छ ।
गत वर्ष सम्पन्न पहिलो संस्करणबाट प्राप्त सिकाइ, हौसला र प्रेरणालाई निरन्तरता दिँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार
अरु पनि पढ्नुहोस्