२०८३ जेठ २३ , शनिबार

वाम एकता आवश्यक छ : प्रचण्ड



काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी को ७७औँ स्थापना दिवस तथा भ्लादिमिर लेनिन जयन्तीका अवसरमा शुभकामना दिँदै उनले वाम आन्दोलनको पुनर्गठनका लागि आह्वान गरेका हुन्।

प्रचण्डले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद झन् आक्रामक बन्दै गएको उल्लेख गर्दै लेनिनका विचार अझ सान्दर्भिक बनेको बताए। उनले समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वाम शक्तिहरूबीच एकता आवश्यक रहेको जोड दिए।

उनका अनुसार नेपालमा सामन्ती निरङ्कुशताको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परिरहेका छन्। जनताको व्यवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको उल्लेख गर्दै उनले विभेद अन्त्य नहुँदासम्म कम्युनिष्ट आन्दोलनको आवश्यकता रहने बताए।

प्रचण्डले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासका लागि शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच मोर्चाबन्दी अपरिहार्य भएको पनि बताएका छन्।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार
अरु पनि पढ्नुहोस्