
अछाम : कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका बाउ छोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो ।अछाम जिल्ला प्रहरी कार्यालयकाले उनीहरुको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको बताएको छ ।
प्रहरीका अनुसार बुवाको शव डुबेको स्थानदेखि पाँच सय मिटर तल र छोराको शव एक किलोमिटरको दूरीमा भेटिएको हो । दुवैजना ३ वैशाखमा कर्णालीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए ।
प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार
प्रतिक्रिया दिनुहोस्