२०८३ वैशाख ७ , सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज, के छन् एजेण्डा 



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बोलाइएको छ। आज दिउँसो ९ वटा मुख्य कार्यसूची तय गरेर केन्द्रीय समिति बैठक बोलाइएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

बैठकमा २० जना केन्द्रीय सदस्यहरूले २ मिनेटका दरले सांगठनिक रिपोर्टिङ गर्नेछन् भने केन्द्रीय पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा र विधान संशोधनजस्ता सांगठनिक एजेन्डाहरूमा छलफल हुनेछ । बैठकमा स्थानीय तहका लागि उम्मेदवार क्लब गठन गरी आवेदन आह्वान गर्ने, सचिवालयका निर्णयहरू अनुमोदन गर्ने र विभिन्न निकायबाट प्राप्त पत्राचारका साथै संसदीय दलको विधान संशोधनलगायत विविध विषयहरूमा पनि निर्णय लिइने रास्वपाले जनाएको छ ।

आगामी महाधिवेशनलाई लक्षित गर्दै बैठकले ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय पनि गरेको छ । जसले पार्टीको विधान र प्रक्रियागत व्यवस्थालाई चुस्त बनाउन आवश्यक खाका तयार पार्नेछ । बैठकमा पार्टीका समग्र गतिविधिका साथै प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदान गर्न पाउने मताधिकारको विषयलाई राखिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार
अरु पनि पढ्नुहोस्