
बर्दिया : एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जना पैदलयात्रुको मृत्यू भएको छ भने २ जना घाइते भएका छन् । बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सले आज बिहान सवा ५ बजे सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो ।
ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उनका ८ वर्षीय नाति रिहान्स खरेलको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ। एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती सीता र अर्का स्थानीय बासिन्दा सूर्य उपाध्याय घाइते भएका छन् । उनिहरूको नेपालगञ्जमा उपचार भइरहेको बताइएको छ ।
प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार
प्रतिक्रिया दिनुहोस्