२०८३ वैशाख ४ , शुक्रबार

आगलागीमा गम्भीर घाइते भएका ३ जनालाई हेलिकोप्टरबाट उद्धार



जाजरकोट :  जाजरकोटको नलगाड नगरपालिका–२, छेप्कामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका तीन जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

प्रहरीका अनुसार आइतबार बिहान आगलागी हुँदा घाइते हुनेमा नलगाड नपा २ छेप्काका माया जैसी, रुपा जैसी र रमेश गौतम रहेका छन्।

घाइतेहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको थियो। स्वाथ्य अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । बिहान १० बजे भएको घटनाको साढे दुई बजे पछिमात्र उद्धार गरेर थप उपचारका लागि नेपालगन्ज लगिएको हो।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार
अरु पनि पढ्नुहोस्