२०८३ वैशाख ५ , शनिबार

कर्णाली उत्सव ‘कुडा कर्नाली’को सातौँ संस्करण आजदेखि सुरु



सुर्खेत । कर्णाली उत्सव ‘कुडा कर्नाली’को सातौँ संस्करण आज (शनिबार)देखि सुरु भएको छ । वीरेन्द्रनगरको सिटी हल बाहिर प्रांगणमा तीन दिन सम्म उत्सव सञ्चालन हुने छ।

विचारको विमर्शमार्फत समाजमा व्याप्त निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने उद्देश्य राखेको आयोजक ऋति फाउण्डेशनले जनाएकाे छ । यो पटक विभिन्न क्षेत्रका विज्ञ, नीति, निर्माता र नागरिक समाजको सहभागिता रहने छ।

तीन दिनमा १५ गटा विविधापूर्ण मूल सत्रहरू समावेश गरिएका छन् अन्य १० सानाछोटा सत्रहरू पनि हुनेछन् । जस अन्तर्गत कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरिरहेका तीनजना पैकेलोहरूले आफ्ना संघर्ष र सफलताका कथाहरू सुनाउने छन् ।

कुडा कर्णालीका प्रत्यक्ष प्रसारण हेर्न यहाँ Click गर्नुहाेस

 

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार
अरु पनि पढ्नुहोस्