२०८३ वैशाख ५ , शनिबार

प्रतिनिधि सभा बैठक : सभामुखमा अर्याल निर्वाचित भएको घोषणा हुने



काठमाडौं : प्रतिनिधिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। सिंहदरबारको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा सभामुख पदमा ‘सांसद डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको बताईएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्याल सभामुख पदमा शुक्रबार निर्विरोध निर्वाचित भइसकेका छन्। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्साल रहेका छन्। सभामुख निर्वाचित भएपछि सभामुखले उपसभामुखको निर्वाचनको मिति घोषणा गर्ने छन्। योसँगै रास्वपाका उपसभापति अर्यालले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको घोषणा गर्ने छन्।

प्रकाशित मिति : २०८२ चैत २२ गते आइतबार
अरु पनि पढ्नुहोस्