सुर्खेत।
सुर्खेतमा सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने गरी बिचौलियाको काम गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार बिहान करिब ११ः३० बजे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने, जग्गा नामसारी तथा भु–सेवाका काम मिलाइदिने भन्दै रकम असुल्दै आएको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक किशोर खत्रीको कमाण्डमा खटिएको टोलीले मालपोत कार्यालयबाट ६ जना पुरुष र यातायात व्यवस्था कार्यालयबाट १० जना महिलालाई नियन्त्रणमा लिएको जनाएको छ।
मालपोत कार्यालय क्षेत्रबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–१ का ३६ वर्षीय दीपक बहादुर बिक, वीरेन्द्रनगर–३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, वीरेन्द्रनगर–१२ का ३३ वर्षीय प्रदीप खड्का, लेकबेशी नगरपालिका–३ का ३७ वर्षीय रमेश दमाई, वीरेन्द्रनगर–५ का २८ वर्षीय हरिप्रसाद देवकोटा र वीरेन्द्रनगर–१० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम रहेका छन्।
यस्तै, यातायात व्यवस्था कार्यालय क्षेत्रबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–११ की ३२ वर्षीया रोशमी तिवारी, वीरेन्द्रनगर–३ की २५ वर्षीया लक्ष्मी शाही, वीरेन्द्रनगर–१२ की ३८ वर्षीया कुसुम बुढा क्षेत्री, वीरेन्द्रनगर–३ की ३४ वर्षीया पार्वती योगी, वीरेन्द्रनगर–५ की ३५ वर्षीया पवित्रा न्यौपाने, वीरेन्द्रनगर–११ की ३१ वर्षीया दुर्गा शाही, वीरेन्द्रनगर–६ की २३ वर्षीया सम्झना योगी, वीरेन्द्रनगर–११ की १८ वर्षीया रोशनी शाही, वीरेन्द्रनगर–६ की ३८ वर्षीया निर्मला योगी र वीरेन्द्रनगर–११ की २० वर्षीया गीता सुनार रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
प्रतिक्रिया दिनुहोस्