२०८३ वैशाख ५ , शनिबार

आज यी क्षेत्रमा हिउ तथा क्षेत्रमा पानी पर्ने संभावना



काठमाण्डौँ । आज बुधबार दिउसो हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र पहाडी तथा तराई भू–भागमा आंशिक बादल लाग्ने साथै हावा हुरी चट्यांगसहित पानी र हिउ पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले विहान ८ बजे सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा आज मेघगर्जन÷चट्याङ्ग् सहित हल्का पानी र हिउ पर्ने सम्भावना रहेको छ ।
यस्तै राती गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग् सहित हल्का पानी र हिउँ पर्ने संभावना रहेको विभागले जनाएको छ ।
यस किसिमको मौसमी अवस्था आगामी तीन दिनसम्मै रहने भएकाले मौसमी सूचनाको जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार
अरु पनि पढ्नुहोस्