कालीकोट : कालीकोटको नरहरिनाथ–३ पाल्तीमा एक महिलाको हत्या भएको छ। स्थानीय २७ वर्षीया मानपुरा बुढाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले मृतकका श्रीमान् २९ वर्षीय काशीराम बुढालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मृतकको टाउकोमा गहिरो घाउ रहेकाले कुटपिटबाट हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। सोमबार बिहान सवा ४ बजे काशीराम आफैं कुमालगाउँ प्रहरी कार्यालयमा पुगेर ४ जना अपरिचितले आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको जानकारी दिएका थिए।
प्रहरी निरीक्षक बरमा यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको छ । मृतकका आफन्तका अनुसार उनका डेढ वर्ष र ४ वर्षका छोरा तथा ७ वर्षकी छोरी गरी ३ सन्तान रहेका छन् ।
प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्