२०८३ वैशाख ५ , शनिबार

कर्णाली जलवायु जोखिममा : मन्त्री भण्डारी



कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र विश्व खाद्य कार्यक्रम (WFP) नेपाल का country director Riaz Lodhi बीच भेट भएको छ। भेटमा कर्णालीमा लागू भएका कार्यक्रमको समीक्षा गरिएको छ।

मन्त्री भण्डारीले कर्णाली प्रदेश जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताएका छन् । उनले हिमाली क्षेत्रहरूमा सिजन अनुसार बसाइँसराइ आवश्यक रहेको, प्राकृतिक विपत्ति र जलवायु परिवर्तनले क्षति पुर्‍याउँदा मानवीय सहायता अपरिहार्य भएको जानकारी दिए ।

मन्त्री भण्डारीले श्रम रोजगारका लागि भारत जाने र शिक्षा कारण शहरमा बसाइँसराइले खाद्य प्रणालीमा असर गरेको, आयात बढ्ने र आत्मनिर्भरता कमजोर हुने चक्र देखिएको समेत उल्लेख गरे । उनले वन्यजन्तुको आक्रमण, बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरी पोषण कार्यक्रम सञ्चालन आवश्यक रहेको जानकारी दिँदै , स्थानीय उत्पादनमा आधारित पोषण कार्यक्रम सञ्चालनका लागि प्रदेश  सरकार तयारीमा रहेको बताए।

WFP Director Lodhi ले विगतका कार्यक्रमको स्मरण गर्दै कर्णालीमा थप कार्यक्रम सञ्चालन गर्ने इच्छा व्यक्त गरेका छन्। आफुले किसानको उत्पादन बिक्री समयमा भुक्तानी नपाउने समस्या समाधानका लागि काम गर्ने योजना बनाएको र कर्णालीमा स्थानीय उत्पादनमा आधारित खाद्य प्रणालीमा विशेष जोड दिने लक्ष्य रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार
अरु पनि पढ्नुहोस्