२०८३ वैशाख ५ , शनिबार

बालेन सरकार एक्सनमा : दोस्रो मन्त्रिपरिषद् बैठक आज

सरकारका प्राथमिकता र आगामी कामको गति बढाउने विषयमा छलफल हुने


नयाँ सरकार गठनसँगै प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठकलाई तीव्रता दिएका छन्। आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दोस्रो मन्त्रिपरिषद् बैठक बस्ने तय भएको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलका अनुसार बैठकमा सरकारका प्राथमिकता र आगामी कामको गति बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले सरकारको १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ। अबको बैठकलाई ती कार्यसूची कार्यान्वयनको दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

नयाँ नेतृत्वमा सरकार गठन भएसँगै निर्णय प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने संकेतका रूपमा लगातार बैठक बस्न थालेको देखिएको छ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार
अरु पनि पढ्नुहोस्