२०८३ वैशाख ५ , शनिबार

देउवा, ओली, प्रचण्डसहित उच्चपदस्थको सम्पत्ति छानबिन सुरु



काठमाडौं : सरकारले मुलुकका सबैभन्दा उच्च पदस्थ राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन सुरु गरेको छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै पूर्वमन्त्रीहरू आरजु राणा, दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको हो। पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता खड्कालाई आइतबार प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरिसकेको छ।

सम्पत्ति शुद्धीकरणको विभागको पत्रको आधारमा नेपाल प्रहरीले ‘हाइप्रोफाइल’ व्यक्ति र उनीहरूका परिवारको सम्पत्तिको अनुसन्धान सुरु गरेको हो। प्रचण्डकी छोरी गंगा दाहाल र आरजु राणाका भाइ भूषण राणाविरुद्ध पनि यही कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । देउवा पुत्र जयवीर देउवाको नाममा भएको सम्पत्तिको पनि खोजबिन भइरहेको स्रोतले बतायो।

गृह मन्त्रालय स्रोतकाअनुसार राजनीतिक दलका उच्च तहका नेता र कर्मचारी गरी २०० बढी व्यक्तिको सम्पत्ति छानबिन गर्नका लागि सरकारले सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको छ। विभागले ०४८ सालयता सत्तामा हालीमुहाली गरेका पूर्वशीर्ष नेता तथा उच्च पदस्थ कर्मचारीमाथि छानबिन गर्न प्रहरीलाई पत्र पठाएको छ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार
अरु पनि पढ्नुहोस्