२०८३ वैशाख ५ , शनिबार

प्रतिनिधि सभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ



काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेका केसीले राष्ट्रपति पौडेल समक्ष शपथ ग्रहण गरेका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थीति रहेको थियो । संघीय संसद सचिवालका अनुसार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउने कार्यतालिका छ। प्रतिनिधि सभाबाट नयाँ सभामुख निर्वाचित नहुँदासम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन्।

प्रकाशित मिति : २०८२ चैत ११ गते बुधबार
अरु पनि पढ्नुहोस्