
डोटीमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति करिब साढे १२ बजेको समयमा आदर्श गाउँपालिका–६ अन्तर्गत रौसेल्ला खोलास्थित मौवा–गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा २२ वर्षिय सुबोध रोकाया र १९ वर्षिय कैलाश बिक को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त जीप सडकबाट करिब ९ सय मिटर तल साइली खोलामा खसेको बताइएको छ।
प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार
प्रतिक्रिया दिनुहोस्