
सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो करिब १ बजे वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदे क्षेत्रमा शंकास्पद अवस्थामा बसिरहेका वीरेन्द्रनगर–१० कै ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको थियो। बरामद पदार्थको शुद्ध तौल करिब २ ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्