२०८३ वैशाख ५ , शनिबार

पश्चिमी वायूको प्रभाव कायमै,साँझपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना



सुर्खेत: कर्णाली प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा पश्चिमी वायूको प्रभाव कायमै रहेको छ । अहिले सुर्खेको वीरेन्द्रनगरसहित कर्णालीका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेपनी दिउँसोपख भने मौसम बदलीहुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने सम्भावना रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा पनि मौसम बदलीहुने महाशाखाले जनाएको छ ।

आजपनी राति कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्नुका साथै हिउँ पर्ने सम्भावना रहेको छ ।
पछिल्ला दिनमा जस्तो ठुलोपानी पर्ने नदेखिए पनि प्रि–मनसुन सक्रिय रहेकाले दिउँसो तथा साँझपख हल्का पानी पर्ने सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत ९ गते सोमबार
अरु पनि पढ्नुहोस्