२०८३ वैशाख ५ , शनिबार

इनिसा वि‍ क हत्या प्रकरणको निश्कर्ष चाँडै आउछ : प्रहरी महानिरीक्षक कार्की



काठमाण्डौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको र छिट्टै निश्कर्ष बाहिर आउने बताएका छन् । अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन् ।

कार्कीले दोषीलाई कारवाहीका साथै न्याय पाउनु पर्ने आवाजको सुनुवाई हुने प्रतिवद्धता जनाए । अनुसन्धानका लागि पर्याप्त रुपमा जनशक्ति परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिरर आउने उनको भनाइ छ।

सुर्खेतको गुर्भाकोट ६ की इनिसा वि‍कको गत फागुन २३ हत्या भएको थियो । प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । इनिसाका परिवारले सामूहिक बलात्कारपछि छोरीको हत्या भएको भन्दै किटानी जाहेरी दिएको छ ।

प्रकाशित मिति : २०८२ चैत ७ गते शनिबार
अरु पनि पढ्नुहोस्