
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज निधन भएको हो । भक्तपुरको गठ्ठाटारस्थित कोरियन अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी केही समययता अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओलीनिवास गुण्डुमा राखिएको छ । साथै, आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्