
सुर्खेत- जुम्लाको तिला गाउँपालिका–३ की एक महिलामा जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरिएको छ।
उनको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो। जुम्लामा तत्काल थप उपचार सम्भव नभएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी उनको उद्धार गरिएको हो ।
उद्धारपछि उनलाई सुर्खेतस्थित प्रदेश अस्पताल, कालागाउँमा भर्ना गरी उपचार थालिएको बताइएको छ ।
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्