२०८३ वैशाख ५ , शनिबार

इनिशा मृत्यु प्रकरणमा निष्पक्ष छानबिनगर्न बाल अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुको माग



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशा विकको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक समाजका संस्थाहरूले माग गरेका छन्।कर्णाली प्रदेशमा बाल अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे स्वतन्त्र, निष्पक्ष र गहिरो अनुसन्धान गरी सत्यतथ्य छिटो सार्वजनिक गर्न तथा दोषीलाई कानुनअनुसार कारबाही गर्न आग्रह गरेका हुन्।

गुर्भाकोट नगरपालिका–६, बडाखोली घर भई सुर्खेतको एक बोर्डिङ स्कुलमा अध्ययनरत इनिशा विक बलात्कारपछि हत्या भएको आशंका गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै पछिल्लो समय अनलाइन समाचार माध्यममा बालिकामाथि बलात्कार भएको र किशोरीहरू बेपत्ता भएको जस्ता समाचार सार्वजनिक भइरहेका विषयले पनि बाल अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरू चिन्तित बनेको जनाइएको छ।
साथै  स्वतन्त्र र निष्पक्ष ढंगले सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य छिटो सार्वजनिक गर्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्